पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा
काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।
अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।
सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
बडादसैको आज दोस्रो दिन दसैँको टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ। विजयादशमीका दिन घरपरिवारमा टीका लगाएपछि आज आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने परम्परा छ। टाढा रहेका मान्यजनकहाँ जानेहर...
बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो
काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...
निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने भएको छ । मंगलबार एक सूचना जारी गर्दै देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले...
बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आ...
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...



