आइतबार, ०८ कात्तिक २०८३
नेपाली

पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा

Main News Image

काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।

अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।


सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को...

किन पढ्ने ? गिरीको पुस्तक "शैव दर्शन, संस्कृति र दशनामी संन्यासी "

सांस्कृतिक अभियान्ता हिमाल गिरीद्वारा लिखित तथा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शैव दर्शन , संस्कृति र दशनामी संन्यासी " पुस्तक सांस्कृतिक ज्ञानको अत्यन्त पठनिय रहेको पाठकहरूबाट प्रतिक्रिया आएका छन् ।

हिन्दुधर्ममा आस्था राख्नेहरू...

युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित भएर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ । विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूको आयोजना गर्दै आज देशभर भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारा तय गरिएको छ । समाज र राष्...

विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...

बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

काठमाडौँ । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्था...

मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।
शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम...