‘आलोचनाले होइन, एकताले चुनाव जितिन्छ’ — ओलीका टिप्पणीमा सुरेन्द्र पाण्डेको संयमित प्रतिवाद
काठमाडौँ । नेकपा एमालेभित्र सार्वजनिक अभिव्यक्तिका कारण देखिएको तिक्तताप्रति नेता सुरेन्द्र पाण्डेले स्पष्ट र सन्तुलित धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू लक्षित गर्दै दिएका टिप्पणीप्रति प्रत्यक्ष विवादमा नउत्रँदै पाण्डेले निर्वाचनको संवेदनशील समयमा नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पाण्डेले चुनावी घडीमा पार्टीलाई एकताबद्ध राख्नु नेतृत्वको प्रमुख दायित्व भएको उल्लेख गरेका छन् । यस्तो अवस्थामा नेतृत्वका शब्दहरूले कार्यकर्ताको मनोबल कमजोर पार्ने होइन, बरु सबैलाई जोड्ने शक्ति दिनुपर्ने उनको भनाइ छ ।
उनले वैचारिक मतभेदलाई स्वाभाविक राजनीतिक प्रक्रिया ठहर गर्दै मत फरक हुँदैमा कसैलाई कम आँक्ने संस्कार आफूमा नरहेको स्पष्ट पारेका छन्। ‘वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्,’ पाण्डेको भनाइ छ, ‘मत फरक भयो भन्दै पूर्वाग्रह राख्नु मेरो राजनीतिक चरित्र होइन।’
टिकट वितरणको विषयमा पार्टीभित्र असन्तुष्टि देखिए पनि पाण्डेले त्यसलाई पार्टी हितकै लागि स्वीकार गरिएको जनाएका छन्। ‘टिकट वितरणको क्याल्कुलेसनलाई हामीले कुनै विरोध नगरी स्वीकार गर्यौं,’ उनले लेखेका छन्, ‘तर पार्टीलाई जिताउने साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन ।’
पार्टीभित्रैका सहयोद्धालाई सार्वजनिक रूपमा न्युनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको टिप्पणी गर्दै पाण्डेले संस्थागत निर्णय र सामूहिक विचारको आधारमा बाह्य प्रतिस्पर्धाको सामना गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । अहिले आफू टिप्पणीको खण्डनमा समय नखर्ची एमालेका उम्मेदवारलाई जिताउन र संगठनको साख जोगाउन मैदानमै खटिएको उनले बताएका छन् ।
यसअघि अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बिन्दा पाण्डे तथा गोकुल बाँस्कोटालगायत नेताहरूमाथि सार्वजनिक रूपमा टिप्पणी गर्दै उनीहरूको चुनावी सम्भावनामाथि प्रश्न उठाएका थिए। ओलीका ती अभिव्यक्तिले पार्टीभित्र असहजता सिर्जना गरेको बेला पाण्डेको प्रतिक्रिया आएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत
काठमाडौँ । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनको अनुसार बै...
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा. वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण का...
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतार...
निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन्। उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीह...
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको सर्मथनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा १६...
राप्रपाले टुंग्यायो समानुपातिक सांसदको नाम, धादिङकी को परिन् ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले चार सिटका लागि प्रस्तावित नाम तय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन...



