भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ। जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्तामा आधारित संविधान घाइते भएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधि सभा विघटन भएको छ। यो दुवै काम हाम्रो पार्टी अनुसार भन्ने हो भने असंवैधानिक छ । यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ।’
यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
मोहन बस्नेत भन्छन्_ गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रूपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन्। इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस बलियो नभए मुलुक दुर्घटनामा जाने बताए ।
उनले भने, ‘प्रदेश...
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता सहमतिपछि भेट भएको छ । नेपाललाई भेट्न माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्...
संस्थापन पक्षको आह्वान : कांग्रेस एकताका लागि संयम अपनाउनू
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै पार्टी एकता जोगाउन देशभरका नेता–कार्यकर्तालाई संयम अपनाउन आह्वान गर्ने निर्णय गरेको छ ।
पार्टीभित्रको दुईधारल...



