एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । आज भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ ।
यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट हुनुभएको छ । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
म सबै छानबिनका लागि तयार छु : प्रचण्ड
काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । शनिबार पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी...
कम्युनिस्ट एकता ०७५ सालको जस्तै नहोस् : माधव नेपाल
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी सोच विचार गरेर मात्र एकता गर्नुपर्ने बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर...
सात दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न जसपा नेपालको निर्देशन
काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।
पार्टी विधानको धारा ११७ उपधारा ३ मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गर...



