बुधबार, ११ कात्तिक २०८३
नेपाली

एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित

Main News Image

बागमती । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौंडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा थिए। जसमध्ये आठ जना निर्वाचित भएका हुन् ।

निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सूर्यप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित सिग्देल, लामा र मोक्तान क्रमशः हेटौंडा उपमहानगरपालिका(४, १० र १५ का वडाध्यक्षसमेत हुन्। यस्तै मकवानपुर क्षेत्र नं २ बाट बलराम बल, एकालाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाईं, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहन लामा निर्विरोध चयन भएको जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको ‘स्तर’ देखायो

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहले अब जनता झुकाउने दिन सकिएको बताएका छन् । शनिबार राति बालेन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भ...

यस्ता आरोप लगाउँदै रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छाडिन् पार्टी

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन् । पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत चलिरहेको आरोप लगाउँदै केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस...

निर्वाचनका लागि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । 

अन्य प्रदेशमा पनि नियमित रू...