आइतबार, ०८ कात्तिक २०८३
नेपाली

जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक

Main News Image

काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, बाढी पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन तथा विपद् जोखिम न्यूनीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन्।

सरकारले छवटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ। मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको जोखिम घटाउन सन् २०२६ देखि २०३३ सम्म करिब चार करोड ९९ लाख अमेरिकी डलर लागतको ‘ग्लोफ सञ्जीवनी आयोजना’ सञ्चालन गर्ने योजना छ।

mediabaaji add

सम्बन्धित खबर

मोरङमा बेमौसमी वर्षाले धान उत्पादन घट्यो, किसान चिन्तित

मोरङ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङ जिल्लामा यस वर्ष बेमौसमी वर्षाका कारण धान उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्...

विदेशी मुद्रा विनिमय दर स्थिर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज पनि हिजोकै दर कायम छ । आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ । आज युरोपियन युरो एकको खरिद दर...