मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।
मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बञ्चरे डाँडामा दोस्रो दिन पनि आन्दोलन जारी, फोहोर बोक्ने गाडी बाटोमै रोकिए
काठमाडौँ । बञ्चरे डाँडाका स्थानीयले बिहीबार पनि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोक्दै आन्दोलन जारी राखेका छन् । मागहरू पूरा नभएको भन्दै स्थानीयले दोस्रो दिन पनि करिब ३०० गाडी अवरुद्ध पारेका हुन् । धुनिबेँसी नगरपालिका...
एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...
मौसम पूर्वानुमान : उपत्यकाको तापक्रम घट्दो क्रममा
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भन...
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक आईजीपी र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको आज बिहीबार ब...
किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक
काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई किरात समुदायले नयाँ खेतीपातीको सुरुवात र प्रकृतिको आराधना गर्ने वि...



