नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।
मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो । श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण ‘होल्ड’ गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपा सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेता नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारततर्फ लागेका हुन् ।
...चुनाव नजिकिँदै गर्दा शीर्ष नेताको दिल्ली दौड, भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन आउन अब ५८ दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको नयाँदिल्ली दौड तीव्र बनेको छ । कुनै ठूलो राजनीतिक फेरबदल नभए फागुन २१ मा चुनाव हुने निश्चित देखिएको छ । अघिल्लो साता डा। बाबुराम भट्टराई चारदिने...
मधेश सवैभन्दा संवेदनशील, सुरक्षाका लागि ‘विशेष निगरानी मोडल’
काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशमा सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै प्रदेशका आठै जिल्लामा एसएसपीको अनुगमन रहनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । केही जिल्लालाई ‘उच्च जोखिम क्षेत्र’...
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने च...



