बुधबार, ०४ कात्तिक २०८३
नेपाली

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन

Main News Image

रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए ।

यसअघि सरकारी उद्धार टोली सुरङको मुख्य बाटोबाट भित्र छिर्ने प्रयास गरे पनि ढुङ्गा, माटो र लेदो भरिएकाले करिब १०० मिटरभन्दा अघि बढ्न सकेको थिएन। त्यसपछि आयोजनाका प्राविधिकहरूसहितको टोली बैकल्पिक उद्धार कार्यमा जुटेको थियो ।

बुधबार हाइड्रो(मेकानिकल इन्जिनियरसहितको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुग्न सफल भएको थियो। सोही पेनस्टक पाइपको बाटो प्रयोग गरी सेनाले बिहीबार दुई जनाको शव बाहिर निकालेको हो ।

mediabaaji add

सम्बन्धित खबर

तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल

काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सो...

डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति

काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प...

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...

प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !

काठमाडौँ । सरकारले  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक ग...