भैरमपुरमा बाह्र घर जलेर खरानी
काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले दिएको जानकारी अनुसार आगलागीबाट घरभित्र रहेका जिन्सी सामान, खाद्यान्न र नगदसहित करिब ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीमा परेर स्थानीयका सबै घर खरानी भएपछि अहिले पीडित परिवारको बिचल्ली भएको छ। घटनालगत्तै राहत र उद्धारको कार्य सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितहरूलाई तत्काल आवश्यक पर्ने राहत सामग्री वितरण गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
ऐतिहासिक रेकर्डमा सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार सु...
जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...
सरकारले भन्यो_ इजरायल र इरानको यात्रा नगर्नू
काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्य नहुँदासम्म दुवै देशको यात्रा नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो ।
‘इजरायल वा इरान यात्रा...
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...
देउवा समूह समानान्तर महाधिवेशनमा, सभापतिकै हैसियतमा देउवाको अपिल
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनमा होमिएको छ । देउवा समूहले १५ औँ महाधिवेशनका नाममा आज असोज १५ गते वडा अधिवेशन गर्दै छ । निवर्तमान सभापति देउवाले सभापितकै हैसियतमा पार्टीको १५औँ महाधिवेशनअन्तर्...


