अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकताको अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन् । यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चालेका हुन्।
बिहीबार ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये पहिलो आदेशले नागरिकताका लागि अयोग्य हुने गैर(नागरिकहरूको परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिज्म’ भनिने अभ्यासमा प्रतिबन्ध लगाएको छ, जसमा गर्भवती महिलाहरू आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले मात्र अमेरिका आउने गर्छन्। ट्रम्पले भने, “यो काम धेरै वर्ष पहिले नै हुनुपर्थ्यो, तर हामी अहिले यसलाई व्यवस्थित गर्दैछौँ ।” यस क्रममा उनले १५० वर्ष पुरानो यो नीति अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले रोकेकोमा आलोचना समेत गरे।
एक्सप्रेस
सम्बन्धित खबर
ओमान तटमा तेल ट्याङ्करलाई लक्षित अन्धाधुन्ध गोलीबारी
काठमाडौँ । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।<...
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध ४ दिनपछि बोल्यो नेपाल, के भन्यो ?
काठमाण्डौँ । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल ४ दिनपछि बोलेको छ । यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्याएको थि...
इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास
काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...
इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि
काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...
ट्रम्पले आफूलाई गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा !
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् र त्यसको क्याप्शनमा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरिएको छ ।
जनवरी...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...



