त्रिविका विद्यार्थीले आईपीएलमा मागे ५० प्रतिशत सहुलियत
काठमाडौँ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलका लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई खेल हेर्न छुट दिनुपर्ने विद्यार्थीहरूको माग छ । शनिबार त्रिविका उपकुलपति, रजिस्टार तथा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवसहितको बैठकमा विद्यार्थी संगठनहरूले यस्तो माग गरेका हुन् ।
विद्यार्थी संगठनहरुले विद्यार्थीलाई स्टल राख्न दिनुपर्ने, एनपीएलबाट भएको आम्दानीबाट कम्तीमा १० प्रतिशत रकम विद्यार्थीको अनुसन्धान र शैक्षिक विकासको लागि खर्च गर्नुपर्ने, विश्वविद्यालय भित्र पार्किङ निषेध गरि विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिनुपर्ने, रंगशाला नजिकै रहेको महिला छात्रावासमा तारजाली लगाउनु पर्ने लगायतका माग गरेका छन् । क्यानले बिहीबार सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जनाएको छ।
टिकटदर उद्घाटन र शनिबारका लागि सामान्य पाँच सय र प्रिमियम १५ सय रुपैयाँ तोकिएको छ भने सिजनका लागि १५ हजार तोकिएको छ ।
यस्तै, अन्य दिनका पाँच सय र एक हजार तथा प्लेअफर फाइनलका लागि एक हजार र दुई हजार रुपैयाँ तोकिएको छ । क्यानले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
हावाहुरीका कारण कटारीमा २ को मृत्यु, ५ जना घाइते
काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण उदयपुरको कटारीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।
ललितपुरका सडक फूलले सजाइने
ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।
ललितपुर महानगरप...
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...
आज माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौँ । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्ति वा मकर संक्रान...
पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ। निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघक...
नवलपुरघाट दुर्घटना : सुनकोशीमा कारसँगै बेपत्ता चारै जनाको पहिचान खुल्यो
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०८-००१...



