त्रिविका विद्यार्थीले आईपीएलमा मागे ५० प्रतिशत सहुलियत
काठमाडौँ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलका लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई खेल हेर्न छुट दिनुपर्ने विद्यार्थीहरूको माग छ । शनिबार त्रिविका उपकुलपति, रजिस्टार तथा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवसहितको बैठकमा विद्यार्थी संगठनहरूले यस्तो माग गरेका हुन् ।
विद्यार्थी संगठनहरुले विद्यार्थीलाई स्टल राख्न दिनुपर्ने, एनपीएलबाट भएको आम्दानीबाट कम्तीमा १० प्रतिशत रकम विद्यार्थीको अनुसन्धान र शैक्षिक विकासको लागि खर्च गर्नुपर्ने, विश्वविद्यालय भित्र पार्किङ निषेध गरि विद्यार्थीको सुरक्षाको जिम्मेवारी लिनुपर्ने, रंगशाला नजिकै रहेको महिला छात्रावासमा तारजाली लगाउनु पर्ने लगायतका माग गरेका छन् । क्यानले बिहीबार सूचना प्रकाशित गरी टिकट खुल्ला गरेको जनाएको छ।
टिकटदर उद्घाटन र शनिबारका लागि सामान्य पाँच सय र प्रिमियम १५ सय रुपैयाँ तोकिएको छ भने सिजनका लागि १५ हजार तोकिएको छ ।
यस्तै, अन्य दिनका पाँच सय र एक हजार तथा प्लेअफर फाइनलका लागि एक हजार र दुई हजार रुपैयाँ तोकिएको छ । क्यानले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलको लागि टिकट बिक्री खुल्ला गरेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
तराईमा हुस्सु–कुहिरो जारी, उपत्यकामा तुवालो र प्रदूषण
काठमाण्डौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज बिहानदेखि हुस्सु लागेको छ भने दिउँसो र रातिसम्म तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रद...
गायक दर्जीमाथि हातपात प्रकरण : निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग
काठमाडौँ । बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ टोलीले गम्भीर आपत्ति जनाउँदै उनको समर्थनमा ऐक्यबद्धता जनाएको छ ।
चलचित्रकी निर्मात्री एवम् अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालम...



