तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।
प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ । खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड
काठमाडौँ । नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै...
सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सार्वजनिक गरेको दररेट अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छ...
अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब लगानी गर्ने भएको छ। प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पन...
अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि बढ्यो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैय...
सूनको मूल्य दिनानुदिन उकालो लाग्दै, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१...



