मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

Main News Image

काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

उक्त प्रसारणलाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए । प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।

प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारणलाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरी नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ । खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

अब अनलाइनबाटै धितो बन्धकी हुने

काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो...

जल तथा मौसम क्षेत्र सुधारका लागि सरकारद्वारा दुई श्वेतपत्र सार्वजनिक

काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, बाढी पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन तथा विपद् जोखिम न्यूनीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र...

ढल्केबर-हेटौंडा ४०० केभी प्रसारण लाइनको १२ वर्षे अवरोध हट्यो

काठमाडौF । सरकारले विगत १२ वर्षदेखि विभिन्न प्राविधिक तथा कानुनी कारणले रोकिएको ढल्केबर हेटौंडा ४०० केभी उच्च भोल्टेज प्रसारण लाइन निर्माणको मुख्य अवरोध हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको महत्त्वपूर्ण निर्णयसँगै लामो समयदेखि अल्झिएको आयो...

बुधबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौँ । एनएमबि बैंक लिमिटेडले कालिकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजना उत्पादन अनुमतिपत्र अनुसारको क्षमता ४४० मेगावाट का लागि लिड बैंक प्रमुख बैंकको रूपमा वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ । एससी पावर कम्पनी प्रालिद्वारा...

आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज  ८५ कम्पनीको सेयर मूल...