शनिबार, १४ कात्तिक २०८३
नेपाली

नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

Main News Image

काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पुर्‍याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिँदै तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ । 

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका आसपासका क्षेत्रहरूमा व्यापक क्षति पुर्‍याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका छन् ।

यस्तै, झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अल्झिएका छन्। ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको र ढुवानी अवरुद्ध हुँदा व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेको महासंघले जनाएको छ। महासंघले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग समन्वय गरी केरुङ नाकामा रोकिएका कन्टेनरहरू छिटो नेपाल ल्याउने प्रक्रिया सहज बनाउन आग्रह गरेको छ। महासचिव बाँनियाले भने, “यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिवसँग भेटघाट पनि भएको छ।

mediabaaji add

सम्बन्धित खबर

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प...

सम्झौता नभए फेरि बमबारी सुरु गर्ने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने चेतावनी दिएका छन् । एरिजोनाबाट वासिङटन फर्किने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले भने,...

अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका...

ओमान तटमा तेल ट्याङ्करलाई लक्षित अन्धाधुन्ध गोलीबारी

काठमाडौँ । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।<...

ब्यालेस्टिक मिसाइल प्रक्षेपणपछि विश्वको ध्यान फेरि उत्तर कोरियामा

काठमाण्डौँ । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले केही दिनअघि मात्र प्योङयाङले आणविक हतियार विकास...