बुधबार, ११ कात्तिक २०८३
नेपाली

सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा

Main News Image

काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको हो। सरुवा भएका अधिकृतहरूले आगामी साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था मिलाइएको पनि प्रधान कार्यालयले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम गरिएको सरुवाको विवरण सम्बन्धित कार्यालयहरू तथा राष्ट्रिय किताबखाना प्रहरीमा पठाइसकिएको हो। यस सरुवा अन्तर्गत विभिन्न गण, गुल्म तथा अन्य इकाइमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।


mediabaaji add

सम्बन्धित खबर

हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत...

माथिल्लो त्रिशूली ३ ‘ए’ टनेलमा ३८ जना फसेको अनुमान : बिस्फोट गराएर टनेलको मुख खोलियो

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ टनेल भित्र ३८ जना प्राविधिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ ।

फसेकाहरूको उद्धारका लागि रातभर निरन्त...

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...