तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
धरान । तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका(२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन् । उनले भने, “बिहान र साँझ उपभोक्त बढी आउछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन्। अहिले दैनिक १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ ।”
अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन्। दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ।
धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन्। मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ। दैनिक २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन्। तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ। किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ। बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ। दशैंपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई...
रसुवाको भीषण बाढीप्रति नाडाको दुःख व्यक्त, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ना...



