बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा केशवलाल माझी र सन्तलाल माझीको ज्यान गएको हो।
खाना खाएर अधेरीस्थित फास्टट्र्याकतर्फ गइरहेका बेला ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । २१ जना सवार ट्याक्टरमा दुई जनाले ज्यान गुमाउँदा १९ जना घाइते भएका छन् । घाइते ६ जनाको हेटौंडा अस्पताल र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्...
एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम...
फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक...
दसैँको साइत_कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम
२१ असोज, काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका...
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जम...
तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान, राजमार्गमा अब सास्ती बेहोर्नु नपर्ने !
काठमाण्डौँ । शनिबारदेखि शुरू भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ...



