शनिबार, १४ कात्तिक २०८३
नेपाली

यती एयरलाइन्सको आजका उडान स्थगित

Main News Image

काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले चाहेमा उडान निरन्तर हुन्छ ।

यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ । काठमाडौंमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध हुनेछ । तर, यस दिन अन्य विमानस्थलमा भने त्यस्तो सुविधा नहुँदा यात्रा सहज भने छैन ।

mediabaaji add

सम्बन्धित खबर

आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आइतबार मौसम मुख्यतया सफा रहने तथा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल तथ...

उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशक...

मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...

प्रहरी नियन्त्रणमा परेका पत्रकारहरू रिहा, प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध

काठमाडौँ । प्रहरी नियन्त्रणमा परेका सबै पत्रकारहरू रिहा भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पक्राउ परेका पत्रकारहरू रिहा भएको जानकारी दिएका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाले सरकार प्रेस...

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल बन्द

काठमाडौँ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले...

जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका १ जलजलामा रुकुमपूर्वबाट ६ जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र...