यती एयरलाइन्सको आजका उडान स्थगित
काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको छ । सोहीकारण कम्पनीहरूले चाहेमा उडान निरन्तर हुन्छ ।
यती एयरलाइन्सका अनुसार २२ फागुनदेखि भने उडान नियमित हुनेछ । काठमाडौंमा हवाई यात्रुका लागि सटल बस सुविधा उपलब्ध हुनेछ । तर, यस दिन अन्य विमानस्थलमा भने त्यस्तो सुविधा नहुँदा यात्रा सहज भने छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि स...
विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ भने हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्ण...
विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने
काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधि...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार(प्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल...
कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो
काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।
...
आज देशभर मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश,...



