बिहिबार, १२ कात्तिक २०८३
नेपाली

आज देशभर मौसम सफा रहने

Main News Image

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी

काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।


भोटेकोसी बाढीले नेपाल–चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना

काठमाण्डौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल(चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिबार भदौ २० गते राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएअनुसार पछिल्लो तीन दिनको निरन्तर प्रयास...

तराईमा ‘तातो दिन’ सँगै ४० डिग्रीसम्म तापक्रम पुग्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुधबारको मौसम पूर्वानुमान अनुसार देशभरको मौसममा निकै भिन्नता देखिने भएको छ । आज दिउँसो तराईका अधिकांश भूभागमा अत्यधिक गर्मी भई उखरमाउलो महसुस हुनेछ भने पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो सहरहरुमा म...

यस्तो छ आजको मौसम : कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाण्डौँ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रह...

सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली त...

काठमाडौँसहित देशभर मनसुनी वायुको असर : कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

आज देशका हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नुका साथ...