यमपञ्चकको तेस्रो दिन आज गाईपूजा गरी मनाइँदै
काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले घरघरमा गाईको पूजाआजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाउँदैछन्। सनातन हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरका रूपमा लिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो मानिने भएकाले उनलाई ‘गौमाता’का रूपमा सम्मान गर्ने परम्परा रहेको छ। दूध, गोबर र गहुँतजस्ता बहुउपयोगी वस्तु प्राप्त हुने भएकाले पनि धार्मिक, सांस्कृतिक तथा कृषि जीवनमा गाईको विशेष महत्त्व रहिआएको छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने र घरमा समृद्धि छाउने विश्वास गरिन्छ। नेपालका कतिपय क्षेत्र र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन ९लक्ष्मीपूजाको बिहान० गाईपूजा गर्ने परम्परा भए पनि शास्त्रानुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने विधान छ।
एक्सप्रेस
सम्बन्धित खबर
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
सर्लाही । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम...


