आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अंखु खोला हाइड्रोपावरको सर्वाधिक ४१ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ३८ करोड ५० लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केवलकारको २८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
काठमाण्डौँ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६...
साताभर २८.९२ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक २८.९२ अंकले घटेर २६४२.१५ विन्दुमा आईपुगेको छ । गत साता २६७१.०७ विन्दुमा बन्द भएको नेप्से यो साता २८.९२ अंक घटेर २६४२.१५ विन्दुमा पुगेको हो । यस साता दुई कारोबार दिन बजार खुलेको थियो। जसमा दुवै कारोबार दिन नेप्से घ...
ग्यास अनुदान खारेज गरिँदै
काठमाडौँ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गर्दै विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनता...
घट्यो कुखुरा मासुको मूल्य
काठमाडौँ । बजारमा कुखुरा मासुको मूल्य घटेको छ । आज बुधबारदेखि लागू हुने गरी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको महासंघले जनाएको छ ।
जिउँदो कुखुरा...
प्रि ओपन सेसनमा १.१८ अंकले घट्यो नेप्से
काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.१८ अंक घटेर २६४८.३४ विन्दुमा झरेको छ । यस सेसनमा ६८ लाख ४२ हजार ९६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५० कम्पनीको १७ हजार ९६९ कित्ता सेयर ख...
नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !
काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...



