बुधबार, ११ कात्तिक २०८३
नेपाली

आज सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ४८ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको सेयर कारोबार भएको छ । आज १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनियन हाइड्रोपावरको सर्वाधिक ३१ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सागर डिष्टिलरी स्वास्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् ।

mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्राको विनिमयदर : कुन देशको रुपैयाँ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा पुगेको छ ।

यस्तै युर...

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूता...

पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र

काठमाडौँ । सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगद...