आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।
एक्सप्रेस
सम्बन्धित खबर
मिथिलामा सुरु भयो सांस्कृतिक उत्सव ‘झुलनोत्सव’
महोत्तरी । मैथिल परम्पराको विशिष्ट मानिने ‘झुलनोत्सव’ पर्व शनिबारदेखि महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा हर्षोल्लासका साथ सुरु भएको छ । साउन शुक्ल तृतीयाका दिनदेखि सुरु भई साउन पूर्णिमासम्म मनाइने यस पर्वका अवसरमा अहिले मन्दिर तथा वैष्णव मठहरू...
विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफ...
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो ।
बालश्रम विरुद्धआ...
साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान
काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।
सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन...
टुँडिखेलमा मनाइयो २६३ औँ सेना स्थापना दिवस
काठमाडौँ । नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभ...
एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...



