आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड
३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।
सन् २०२६ को विश्व खाद्य दिवसको नारा ‘आजको नवीनताः भोलिको पोषण’ रहेको छ । यस वर्षको नाराले कृषि तथा खाद्य प्रणालीमा प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग बढाएर भावी पुस्ताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ ।
बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा खाद्य उत्पादन र वितरणमा देखिएका चुनौतीबीच नवीन प्रविधिको प्रयोगलाई खाद्य प्रणाली सुधारको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ । कृषि उत्पादन वृद्धि, खाद्यान्नको उचित भण्डारण, वितरण प्रणालीमा सुधार र पौष्टिक आहारको पहुँच विस्तारमा प्रविधिको उपयोग आवश्यक रहेको दिवसको सन्देश छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओको स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको एफएओको उद्देश्य भोकमरी न्यूनीकरण, पोषण सुधार र खाद्य सुरक्षाका क्षेत्रमा विश्वव्यापी सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।
एक्सप्रेस
सम्बन्धित खबर
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
कञ्चनजंगा आधार शिविर सुनसान
ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।
पर्यटकीय मौसममा पर्यटकले भरिभराउ...
काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना
काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका २ मा हेलिकोप्टर दुर्घटना भएको छ । बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर डानेष्टिको नाइन एन एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेल...
नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन
काठमाडौँ । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक महिने अवधिमा सो संख्याका विदेशीहरूलाई देशबाट निकालिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । आफ्नो...
१८ सय मिटर सडक आठ वर्षदेखि अलपत्र
बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० म...
मौसम पूर्वानुमान : उपत्यकाको तापक्रम घट्दो क्रममा
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भन...



