मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

आज बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै

Main News Image

काठमाडौँ । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर्नुका साथै दर्शन गर्दछन् ।

अघिल्लो रात तानिएको रथलाई आज गःहिटीमा राखिने छ । जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्वयंसेवकहरू समेत परिचालन गरिएको छ। आठ दिन नौं रातसम्म चल्ने यो जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

बिस्का जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ, जसले नयाँ वर्षको स्वागतसँगै परम्परा, संस्कृति र सामुदायिक एकताको सन्देश दिने गर्दछ ।

mediabaaji add

सम्बन्धित खबर

सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा

काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बना...

दशैंको चौथो दिन : मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज चौथो दिन चतुर्दशी पनि जारी छ । निधारमा रातो अक्षताको टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट आफन्तकोमा यात्रा गरिरहेका छन् ।

बडा...