आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।
राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन् । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् । जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाइन्छ ।
अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
उपल्लो मुस्ताङका हिमतालमा अनुगमन : तत्काल विपद्को जोखिम नरहेको निष्कर्ष
मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल विस्फोट तथा बाढीको जोखिमबारे स्थलगत एवं ड्रोन प्रविधिमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको सरोकारवाला अधिकारीहरूल...
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को...
कक्षा १२ को नतिजा प्रकाशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो । गत वैशाख १४(२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका...
आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्र...
टुँडिखेलमा मनाइयो २६३ औँ सेना स्थापना दिवस
काठमाडौँ । नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभ...
सर्वदलीय संयन्त्र गठनदेखि ‘इभी सेफ्टी एजुकेशन’ लागू गर्नेसम्मका माग
काठमाडौँ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई चुस्त एवं प्रभावकारी बनाउन संसद्बाट अविलम्ब सर्वदलीय समिति गठन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको...



