आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत्० सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।
जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।
इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकोले उनको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज र्याली, सभालगायत कार्यक्रम गरिदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
काठमाडौँ । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ ।
पहिले को...
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ । डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५(२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसा...
मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तयारी अवस्थामा
काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभु...
विश्वभर २५७० औं बुद्ध जयन्ती मनाइँदै : शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण
काठमाडौँ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले...
अखिल क्रान्तिकारीको तालाबन्दीले त्रिवि एक सातादेखि ठप्प
काठमाडौँ । शुल्क घटाउने माग राख्दै अखिल क्रान्तिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेपछि त्रिभुवन विश्वविद्यालयको कामकारबाही एक सातादेखि ठप्प भएको छ । सहमति कार्यान्वयन प्रक्रियामा रहेको भन्दै उपकुलपतिले तालाबन्दी अस्वीकार्...
फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना
काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद...



