बुधबार, ११ कात्तिक २०८३
नेपाली

विवाहपञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा

Main News Image

काठमाडौँ । विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालले सोमबार सूचना जारी गर्दै आज मधेसमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् । जनकपुर मिथिलाको प्राचीन राजधानी हो। यहाँ हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह महोत्सव हुँदै आएको छ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा १७, कांग्रेस पाँच तथा नेकपा दुई र एमाले एक सिटमा निर्वाचित , रास्वपाको अग्रता सय स्थानमा

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा २५ स्थानको  अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७, नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हास...

एमालेले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अन...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु ग...