शुक्रबार, ०९ असोज २०८३
नेपाली

आज देशभर सार्वजनिक बिदा

Main News Image

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५औँ जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ । नेपाल सरकारले यस विशेष अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टको सम्झनामा क्रिश्चियन धर्मावलम्बीहरूले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन् ।

राजधानी र पर्यटकीय क्षेत्रमा विशेष रौनक काठमाडौँको ठमेल, बौद्ध, ललितपुरको झम्सिखेलका साथै पोखरा र सौराहा जस्ता पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको विशेष रौनक देखिएको छ। प्रमुख सहरका सपिङ मल, होटल र रेस्टुरेन्टहरू क्रिसमस ुट्रिु र रङ्गीचङ्गी बत्तीले सजाइएका छन्। क्रिश्चियन समुदायका मानिसहरू चर्चमा भेला भई सामूहिक प्रार्थना गर्ने, उपहार आदानप्रदान गर्ने र शुभकामना साटासाट गरी रमाइलो गरिरहेका छन्।

राष्ट्रिय महोत्सव र सहभागिता नेपाल ख्रिष्टियन महासङ्घले आज दिउँसो काठमाडौँमा ुक्रिसमस महोत्सव २०८२ु आयोजना गरेको छ। उक्त कार्यक्रममा सरकारका उच्च अधिकारी र मानव अधिकारवादीहरूको समेत उपस्थिति रहनेछ। महासङ्घको दाबी अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्चहरू क्रियाशील छन्।

विगतमा बिदा कटौती गरिए पनि विसं २०७८ देखि सरकारले यो पर्वमा पुनः सबैका लागि सार्वजनिक बिदा दिन थालेपछि क्रिसमसको प्रभाव नेपाली समाजमा थप व्यापक बन्दै गएको देखिन्छ।

mediabaaji add

सम्बन्धित खबर

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चा...

एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...

भरतपुर महानगरमा धाउँदा धाउँदा थकित धुर्मुसले भने : अब फर्केर आउँदिन

चितवन । कलाकार सीताराम कट्टेल धुर्मुसले भरतपुर महानगरपालिकाले आफूलाई धोका दिएको बताएका छन् । चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेका धुर्मुसलाई महानगरले दिनुपर्ने रकम नदिएर हैरान बना...

आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई भूभागक...

सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश

जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...

बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...