आज देशभर सार्वजनिक बिदा
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५औँ जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ । नेपाल सरकारले यस विशेष अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टको सम्झनामा क्रिश्चियन धर्मावलम्बीहरूले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन् ।
राजधानी र पर्यटकीय क्षेत्रमा विशेष रौनक काठमाडौँको ठमेल, बौद्ध, ललितपुरको झम्सिखेलका साथै पोखरा र सौराहा जस्ता पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको विशेष रौनक देखिएको छ। प्रमुख सहरका सपिङ मल, होटल र रेस्टुरेन्टहरू क्रिसमस ुट्रिु र रङ्गीचङ्गी बत्तीले सजाइएका छन्। क्रिश्चियन समुदायका मानिसहरू चर्चमा भेला भई सामूहिक प्रार्थना गर्ने, उपहार आदानप्रदान गर्ने र शुभकामना साटासाट गरी रमाइलो गरिरहेका छन्।
राष्ट्रिय महोत्सव र सहभागिता नेपाल ख्रिष्टियन महासङ्घले आज दिउँसो काठमाडौँमा ुक्रिसमस महोत्सव २०८२ु आयोजना गरेको छ। उक्त कार्यक्रममा सरकारका उच्च अधिकारी र मानव अधिकारवादीहरूको समेत उपस्थिति रहनेछ। महासङ्घको दाबी अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्चहरू क्रियाशील छन्।
विगतमा बिदा कटौती गरिए पनि विसं २०७८ देखि सरकारले यो पर्वमा पुनः सबैका लागि सार्वजनिक बिदा दिन थालेपछि क्रिसमसको प्रभाव नेपाली समाजमा थप व्यापक बन्दै गएको देखिन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन्। दसैँ नजिकिँदै जाँदा अध्ययन, र...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूप...
आज ईद उल फित्र पर्व मनाइँदै
काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद...
बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु
बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन ज...
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को...
साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू
काठमाण्डौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्...



