आफ्ना कमजोरी ढाकछोप गर्न सरकारले कांग्रेसमाथि निराधार हल्ला चलायो : महामन्त्री संग्रौला
काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गर्दै निराधार हल्ला चलाइरहेको गम्भीर आरोप लगाएकी छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कुनै पनि प्रमाणबिना १८ करोडको डिल भएको जस्तो गलत भाष्य खडा गरेर पार्टी सभापतिलाई बद्नाम गराउन खोजिएको बताइन्। सरकारले आफ्ना काला कर्तुत लुकाउने उद्देश्यले नै सभापतिलाई पक्रने जस्ता भ्रामक हल्ला फैलाएको उनको भनाइ छ ।
महामन्त्री संग्रौलाले नेपाली कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति सधैं पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्। राणा, पञ्चायत र राजतन्त्रसँग समेत नडराएको कांग्रेस वर्तमान सरकारसँग कुनै हालत नडराउने स्पष्ट पार्दै उनले यस्ता षड्यन्त्रकारी गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिइन्।
एक्सप्रेस
सम्बन्धित खबर
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने दाबी गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयो...


