तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
काठमाडौँ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ । चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने, लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने तथा धार्मिकस्थल र पूजास्थलमा मानिसको भिड बढ्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो ।
चाडर्वका समयमा यात्रुले भोग्नुपर्ने समस्या सम्बोधन गर्न उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएका ती सहायता कक्ष छठ पर्वसम्म निरन्तर सञ्चालनमा रहने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यात्रा क्रममा देखिने समस्या समाधानमा सहजीकरण गरिने उहाँको भनाइ छ । ट्राफिक प्रहरीले विशेषगरी लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थालाई प्राथमिकतामा राखेको छ । उहाँका अनुसार काठमाडौँका बसपार्क, जगाती र नागढुंगामा सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनलाई प्रस्थान बिन्दुबाट गन्तव्यतर्फ पठाउनुअघि अनिवार्य रूपमा प्राविधिक परीक्षण गरिने सुवेदीले बताउनुभयो ।
सवारीसाधनको परीक्षणका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको प्राविधिक टोली र ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन भएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौँ । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न न...
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकसहित ४ जना प्रहरी नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँको सितापाइलामा ट्राफिक सप्ताह अन्तर्गत आज ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरू नियन्त्रणमा आएका छन् । जसमा यात्रुवाहक बसका चालक ३ जना&n...
सिरहामा गोली चल्यो : गोलबजारमा १ जनाको मृत्यु , ११ मोटरसाइकल खरानी !
काठमाडौँ । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ...
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १११, सिसिटि...
बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...
प्रमुख आयुक्त राईलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इम...



