विश्वकपअघि क्यानडासँग भिड्दै नेपाल, मुम्बईका सबै खेलका टिकट सोल्ड आउट
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाली क्रिकेट टोलीले आज क्यानडासँग आफ्नो अन्तिम अभ्यास खेल खेल्दैछ। अघिल्लो खेलमा यूएईलाई सात विकेटले पराजित गरेर उच्च मनोबलमा रहेको नेपाली टोली क्यानडाविरुद्ध पनि जित निकाल्दै आत्मविश्वासका साथ विश्वकपमा प्रवेश गर्ने लक्ष्यमा छ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने यो खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ। विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलहरूबाट राम्रो अनुभव बटुलेको नेपालले क्यानडाविरुद्धको आजको खेललाई आफ्नो अन्तिम शक्ति परीक्षणका रूपमा लिएको छ।
नेपालले फेब्रुअरी ८ मा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग खेल्दै विश्वकपको ऐतिहासिक यात्रा सुरु गर्नेछ। यसपटक समूह ‘सी’ मा परेको नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिज र एक पटकको विजेता इङ्ल्यान्ड जस्ता क्रिकेटका हस्तीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो समूहमा स्कटल्यान्ड र इटाली पनि रहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए
काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट...
यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम
काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...
एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपाल शृंखालाभरि जितविहीन
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको युट्रेच्टमा बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ । जितका लागि नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमा...
टी-२० विश्वकप : भारतसँग खेल्न पाकिस्तान तयार, बहिष्कारको निर्णय फिर्ता
काठमाडौँ । आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा पाकिस्तानले भारतको सामना गर्ने निश्चित भएको छ । यसअघि भारतसँगको खेल बहिष्कार गर्ने अडान राखेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदाय र क्रिकेट जग...



