शनिबार, ०३ असोज २०८३
नेपाली

कारभित्र लुकाइराखेको अवस्थामा दश किलो गाँजासहित तीन जना पक्राउ

Main News Image

काठमाडौँ ।  मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान ४,३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको हो ।

प्रहरीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई रोकेर सुरक्षाजाँच गर्दा लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको थियो ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लास्थित सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगरकै अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् । उनीहरूले भारतीय नम्बर प्लेटको कार प्रयोग गरी सीमा पार गराउने उद्देश्यले गाँजा ओसारपसार गरिरहेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले गाँजा र कारसहित तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्‍याएको छ ।


mediabaaji add

सम्बन्धित खबर

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

काठमाण्डौँ । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्य...

‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा धादिङ ज्वालामुखीका तिवारीसहित दुई जना पक्राउ

काठमाण्डौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एन्ड ट्राभल कम्पनी प्रालिका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र...

पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ

काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...

त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइ गर्ने एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन् ।

उनले विमानस्थलको डस्टबिनमा र...

वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप

वीरगञ्ज ।  वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...

गौशाला बजारमा झडप, प्रहरीले हान्यो १७ सेल अश्रुग्यास

महोत्तरी । गौशाला बजारमा बालकले कुखुरा हिर्काएको विषयमा चर्किएको विवाद नियन्त्रण लिन प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको छ । सोमबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित बजारमा ६ वर्षीय बालकले कुखुरा हिर्काएको विषयमा विवाद भएको थियो । झडपला...