मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर्षीय आशिष गुरुङ र बनस्थली बस्ने मकवानपुरको बाग्मती गाउँपालिका १ का २२ वर्षीय सन्देश बल रहेका छन् ।
बा ८७ प ९२० नम्बरको मोटरसाइकल काठमाडौँको नागार्जुन नगरपालिका १ श्रीनगरबाट गत साउन १८ गते हराएको भनि गोरखाको भिमसेनथापा गाउँपालिका ५ का विनक श्रेष्ठले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४ ३७ नम्बर राखी गुहेश्वरी स्थित ड्रिम बाइक रिकण्डिसन भित्र लुकाई राखेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले शुक्रबार दिउँसो पुरकुटी र गुरुङलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल नगद १७ हजारमा सन्देश बलसँग किनेको भनी उनीहरुले दिएको वयानका आधारमा शुक्रबार नै काठमाडौँको रानीबारीबाट बललाई पनि प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकल सहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सम्पूर्णमा अनुरोध छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...
जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं
काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयम...
वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणबाट तीन प्रहरी घाइते
काठमाडौँ । पर्साको वीरगन्जमा अवैध रूपमा सञ्चालित गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० मा रहेको गोदाममा सोमबार बिहान कारबाहीका लागि पुगेको टो...
पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ
काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...
पैदलयात्री बृद्धालाई मुक्का हान्ने बम ७ दिनसम्म हिरासतमै
काठमाडौँ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय क...
विशेष ट्राफिक चेकिङमा २८ सवारी साधनका चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष सवारी जाँच अभियानका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बल्खुस्थित कुमारी क्लब अगाडि विशेष चेकिङ अभि...



