शनिबार, ०७ कात्तिक २०८३
नेपाली

कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु

Main News Image

काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन । ह्वाइट हाउसमा राष्ट्रि...

ओमान तटमा तेल ट्याङ्करलाई लक्षित अन्धाधुन्ध गोलीबारी

काठमाडौँ । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ ।<...

इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण

काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्...

इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छ...

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

काठमाण्डौँ । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिर...

शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...