हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए
काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।
स्पेनको सिभिल गार्डका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । बास्क क्षेत्रबाट आएका पर्वतारोहीहरूको समूह करिब २ हजार ७ सय मिटरको उचाइमा रहँदा हिउँको ठूलो ढिक्का फुटेर खसेपछि उनीहरू पहिरोमा पुरिएका थिए। सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानले हिउँको विशाल ढिक्का खसेका कारण यो दुर्घटना भएको जानकारी दिएका छन् ।
उक्त समूहका अन्य तीन जनाको भने सुरक्षित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्लामा नआत्तिन आग्रह
काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रमा थप ठूलो बाढी आउन लागेको भन्दै विभिन्न फोन तथा सूचना प्राप्त भइरहेका बेला नेपाल बाढी सूचनाले त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न आग्रह गरेको छ । नेपाल बाढी सूचनाका अनुसार उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव के...
बाढीपछि देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती नै बगरमा परिणत
नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ । विनाशकारी बाढीले बस्तीका घरहरू बगाएर ठूलो क्षेत्रमा बालुवा, ढुंगा र भग्नावशेष थुपारेको छ । बाढीको वेगले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय घरका संर...
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
काठमाण्डौँ । बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका ११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन् ।
गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर...
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
काठमाडौँ । राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् । यो वर्ष पनि विभिन्न स्थानमा प्रवद्र्धनात्मक कार्यक्रमसहित भाक्का दिवस मनाइँदै छ ।
पहिले को...
प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !
काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक ग...
कालीकोटमा बस दुर्घटना, एकको मृत्यु दुई जना घाइते
काठमाडौं । कर्णाली राजमार्गमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिक...



