टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३स् १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।
त्यसैगरी आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेलनै जितेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा
काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार...
फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...
टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका
काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ । दक्षिण अफ्रिका सुपर ८ बाट समूह एको...
विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल
ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...
विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा...
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्नो स्वामित्वमा रहेको जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेसँगै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भविष्य संकटमा परेको छ। त्रिविले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशालासहितका संरचना ३५ दिनभित...



