सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं
जनकपुर । नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने बताए। उनले अबको १० दिनपछि भिडियो सार्वजनिक गर्ने र सो भिडियोमार्फत विशेष खुलासा गर्ने जानकारी दिए ।
उनले सिंहदरबारमा आगो लगाउनेहरु आज सत्तामा पुगेको उल्लेख गरे। उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन्। प्रसाईले आफूलाई बिना आरोप पक्राउ गर्ने गरिएतापनि अदालतले सगरमाथा झै ठडिएर आफूप्रति न्याय गर्ने गरेको बताए।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखाले शु...
माघ १९ मा निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको आज शपथ
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते र...
जसपा नेपालद्वारा लुम्बिनीका ४ सांसद र जनप्रतिनिधिसहित दर्जनौं नेता निष्कासित
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल जसपाले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरूलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा...



