यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको हो ।
हिजो बुधबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रमsa ९.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो ।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ । त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।
एक्सप्रेस
सम्बन्धित खबर
खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका आजदेखि पूर्ण रूपमा बन्द
काठमाडौँ । चीनको न्यालम खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार र...
आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै
काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्...
अनसनरत डा निकोलससँग वार्ता गर्न वार्ता टोली गठन
काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको...
पोर्चुगलमा दुई हजार नेपाली संकटमा
काठमाडौँ । रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र प्रहरी रिपोर्ट रिपोर्टमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावास...
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो !
काठमाडौँ । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ । यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपम...
हुम्लाका हिल्सालगायत उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो अत्यधिक बढ्यो
हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा शुक्रबार साँझदेखि लगातार वर्षासँगै हिमपात भइरहेको छ । नाम्खा गाउँपालिका–६ स्थित चीनसँगको सीमावर्ती बजार हिल्सा, न्यालु र नारा लेख लगायतका अग्ला क्षेत्रहरूमा यो वर्षकै पहिलो हिमपात भएको हो ।
हि...



