सोमबार, २९ भदौ २०८३
नेपाली

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

Main News Image

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो ।

सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो। सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

सरकारले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ का बुद्धिबहादुर तामाङ र काठमाडौं महानगरपालिका–११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका–४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका–११ का श्रीयम चौलागाईँ, कैलालीको धनगढी उपमहानगरपालिका–५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका–८ का उमेश महतलाई सहिद घोषणा गरेको हो।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका–४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका–७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका–१ का भीमराज धामी, काभ्रेपालञ्चोकको पनौती नगरपालिका–१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका–७ का विनोद महर्जन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका–८ का मिलन राय र तीनपाटन गाउँपालिका–६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन्।

सरकारले धनकुटाको पाख्रिबास नगरपालिका–२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका–१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका–२ का लच्छुमान राई र तादी गाउँपालिका–३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका–५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका–८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका–४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका–३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका–१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका–६ का निरज पन्त र शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो।

त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका–२२ का साजन राई र इटहरी उपमहानगरपालिका–१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका–२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका–११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका–२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका–५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ। 

mediabaaji add

सम्बन्धित खबर

सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहन...

आगलागीबाट एक महिनामा आठको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र  चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ...

उपल्लो मुस्ताङका हिमतालमा अनुगमन : तत्काल विपद्को जोखिम नरहेको निष्कर्ष

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल विस्फोट तथा बाढीको जोखिमबारे स्थलगत एवं ड्रोन प्रविधिमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको सरोकारवाला अधिकारीहरूल...

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना ह...

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।...