बुधबार, ११ कात्तिक २०८३
नेपाली

यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम

Main News Image

काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो । बिहीबार भएको सुपर सिक्सको खेलम युएईले जापानलाई पराजित गरेपछि विश्वकपमा छनोट अने अन्तिम टोली बनेको हो । एसिया(इएपी छनोटमा ९ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान थियो ।

पुरुष टी२० विश्वकपको १०औं संस्करण २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म ९माघ २७ देखि फागुन २४ गते० भारत र श्रीलंकाको विभिन्न मैदानमा हुनेछन् । २० टिमकै टुङ्गो लागेपछि अब विश्वकपका लागि समूह विभाजन हुनेछ भने खेल स्थलहरू पनि तय गरिनेछ ।

टी–२० विश्वकप खेल्ने २० टोली 
भारत
श्रीलंका
अस्ट्रेलिया
बंगलादेश
इंग्ल्यान्ड
न्युजिल्यान्ड
अफगानिस्तान
दक्षिण अफ्रिका
वेस्ट इन्डिज
पाकिस्तान
आयरल्यान्ड
क्यानडा
इटाली
नेदरल्याड्स
नामिबिया
जिम्बावे
अमेरिका
नेपाल
ओमान
युएई

 

mediabaaji add

सम्बन्धित खबर

क्यानले सार्वजनिक गर्‍यो वर्षभरिको व्यस्त क्यालेन्डर

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रति...

रोमाञ्चक पुनरागमनसँगै इजिप्टलाई हराएर साविक विजेता अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप(२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज(बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४ गते भएक...