डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा कायम भएको छ। यस्तै युरोपियन युरोको मूल्यमा पनि बढोत्तरी देखिएको छ, जसको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङको बिक्रीदर २०७ रुपैयाँ ५३ पैसा रहँदा स्वीस फ्रयाङ्कको बिक्रीदर १९६ रुपैयाँ ३० पैसा पुगेको छ।
अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलरको बिक्रीदर ११० रुपैयाँ ७८ पैसा, क्यानेडियन डलरको १११ रुपैयाँ ८२ पैसा र सिङ्गापुर डलरको १२० रुपैयाँ ४९ पैसा कायम गरिएको छ। छिमेकी मुलुक चीनको मुद्रा युआन एकको बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने १० जापानी येनको बिक्रीदर नौ रुपैयाँ ७३ पैसा रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
शुक्रबार कुन विदेशी मुद्राको विनिमदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको...
नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडमा सीमित
काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड माथिको सेयर कारो...
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने ३ अर्ब २९ करोडमा सीमित
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार भएको छ । आज...
शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
गल्छीमा माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको नौ जनाको...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रत...



