सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राखिएको हो ।
सशस्त्र प्रहरी बलमा कानुन तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी बढुवा प्रक्रियामा अवरुद्ध बनेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका काका एसएसपी युवराज अर्याललाई डिआईजी बनाउने कानुनमा दरबन्दी थप गरिएको थियो ।
१४ जनाको कमाण्ड गर्न डिआईजीको दरबन्दी सिर्जना गर्नुले संगठनमा विवाद उत्पन्न भएको थियो । आइजीपी राजु अर्यालले तीन वर्षसम्म विवादमा आउने कुनै काम नगरेका बेला १४ जना कर्मचारीका लागि एक दरवन्दी थप गरेर सिंगो संगठनका सदस्यलाई निराशामा राखेको गुनासो गर्न थालिएको छ ।
‘जेनजी’ आन्दोलनको जगमा बनेको सरकारले डिआईजीको दरबन्दी थप गर्ने निर्णय विवादमा परेपछि ‘करेक्सन’ गर्ने सम्भावना बढेको छ । यद्यपि सच्याई हाल्ने अवस्था भने छैन । कालिदास धौबजीको स्थानमा कृष्णप्रसाद पाठकलाई बढुवा गरेपछि पछिल्लो डिआइजी पद होल्डमा पुगेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...
महाशिवरात्रि तयारी तीव्र : पशुपतिनाथ चम्किँदै
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको...
विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने
काठमाडौँ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ । जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थान...
आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी
काठमाण्डौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज सोमबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर...



