बुधबार, ११ कात्तिक २०८३
नेपाली

सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ

Main News Image

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । राजदूत फिर्ता सम्बन्धी आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरि फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले उक्त मुद्दामा किन कारबाही गर्नु नपर्ने भनी कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

यसअघि, सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरू परराष्ट्रमै हाजिर भइरहेका छन् ।

अदालतले कात्तिक १६ को अन्तरिम आदेश जारी गरेकामा १७ कात्तिकमै आदेशको उल्लङ्घन गर्दै मन्त्रालयमा हाजिर हुने गरी फिर्ता आउन राजदूतहरूलाई पत्राचार गरेको थियो । न्यायाधीशद्धय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

कार्की नेतृत्वको अन्तरिम सरकारले ११ राजदूतलाई ३० असोजमा फिर्ता बोलाएर मन्त्रालयमा हाजिरी हुन भन्यो, तर फिर्ता भएकामध्ये ४ राजदूतले पदमा बसिरहन मनासिब नदेखेको भन्दै राजीनामा दिइसकेका छन् । २ जना परराष्ट्रको सम्पर्कमा छैनन्, बाँकी ५ राजदूत पनि परराष्ट्रको ‘एम्बास्डर्स रूम’ मा रहेको पुस्तिकामा हाजिरी जनाएर निस्कने गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् । आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनी...

चलचित्र विधेयक राष्ट्रियसभामा पेस हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज अपराह्न...

समानुपातिकमा रास्वपाको एक सिट घट्ने संकेत

काठमाडौँ । देशैभरी समानुपातिकतर्फको मतगणना जारी छ । आज बिहान सबेरैसम्मको गणनाअनुसार रास्वपाले ५८ सिट पाउने देखिएको थियो । तर, बिहान १० बजेपछिको अपडेडले रास्वपाले ५७ सिट मात्रै पाउन सक्ने संकेत गरेको छ । १० बजेको अपडेटमा रास्वपाको मत अनुपात घटेर ४७...

झापाका स्थानीय समस्याबारे जनप्रतिनिधिसँग बालेनको छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन् । उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् ।

यसैगरी, नेता बालेन...

एमालेले इस्यु कलेक्सन सेन्टर बनाउने

काठमाण्डौँ । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर बनाउने बताएकी छन् । आइतबार पार्टीले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । 

...

ओलीसँग पोखरेलको प्रतिश्पर्धा निश्चित

काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बिहीबार सचिवालय बैठकमा उनले आगामी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक रूपमा जानकार...