६४ अंकले बढ्यो शेयर बजार, २१ अर्बको कारोबार
काठमाडौँ । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेको छ । निर्वाचनपछि विस्तारै उकालो लाग्न थालेको शेयर बजार बिहीबार २.२९ प्रतिशतले बढेसँगै २८७७.०२ अंकमा पुगेर बन्द भएको छ ।
५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन कारोबारमा आएकामध्ये २ सय ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
एक्सप्रेस
सम्बन्धित खबर
म्यान्मारका दुई धार्मिक स्थलको पुनर्निर्माणका लागि नेपालले दियो साढे तीन लाख अमेरिकी डलर
काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले...
पर्याप्त आयातका बाबजुद बजारमा ग्यास अभाव, उपभोक्ता अझै लाइनमा
काठमाडौँ । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । उद्योगीहरूका अनुसार अहिले दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ । तर, बजारमा आपूर्ति पर्याप्त रहेको तथ्यांकले...
मुस्ताङमा यार्सा सङ्कलन सुरु
काठमाडौँ । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो ।
यार्सा...
मल किन्न भारत गएर जेल परेका दुई नेपाली किसान ३८ दिनपछि धरौटीमा रिहा
काठमाडौँ । खेतका लागि रासायनिक मल किन्न भारत गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन् । सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएक...
काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज बन्दै गएको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी मात्रामा सिलिण्डर आपूर्ति भ...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधब...



